चार वृद्ध सामूहिक माछापालनमा



शिक्षा पन्त, लमजुङ 
लमजुङको क्होलासोंथर गाउँपालिका–८ घाम्राङबेंसीका चार वृद्धले सामूहिक माछापालन थालेका छन् । मिदिमखोलाका माछा लोप हुन लागेको भन्दै घाम्राङबेंसीका ६६ वर्षीय बजिरी गुरुङ, ६० वर्षीय डम्बरजङ गुरुङ, ५७ वर्षीय रामबहादुर गुरुङ र ५५ वर्षीय पसबहादुर गुरुङले सामूहिक माछापालन व्यावसाय शुरु गरेका हुन् ।
 स्थानीय सरकारले ६ लाख रुपियाँ अनुदान सहयोग गरेपछि चारजनाले माछापालन थालेका थिए । ‘मिदिम खोलामा दुईवटा जलविद्युत् आयोजना निर्माण भइसकेको र थप एक आयोजना निर्माणका क्रममा रहेकाले मिदिम खोलाका माछा लोप हुन नदिन बुढापाका जुटेका हुन् ।
जलविद्युत् आयोजनाका कारण खोलाका माछा लोप हुने अवस्थामा पुगेपछि माछाको संरक्षणसँगै गाउँमै केही गरौं भन्ने सोचले साथीभाइ मिलेर पुनः माछापालन शुरु गरेको ६६ वर्षीय बजिरी गुरुङको भनाइ छ ।
उनीहरूले घाम्राङबेसीमा एक महिना लगाएर माछा पाल्ने पोखरी खनेका हुन् । त्यसै पोखरीमा पोखरा वेगनासबाट दुई हजार मूल्यबराबरको चार हजार ग्रास जातका माछा र मिदिम खोलाका १५ सय असला माछा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्