नगरपालिकाद्वारा बजार अनुगमन



बुटवल, (नेस)
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार बजार अनुगमन गरिएको छ। नगर प्रमुख बासुदेव घिमिरेको नेतृत्वमा उपप्रमुख जागेश्वरी चौधरी, बजार अनुगमन समितिका पदाधिकारी, प्रहरी, सरोकारवाला संघ संस्थाका प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीहरूको सहभागितामा बजार अनुगमन गरिएको हो।
कोरोना भाइसरको कारण बजारमा देखिन सक्ने समस्या समेतलाई मध्यनजर गरी बजार अनुगमन गरिएको नगरपालिकाको भनाइ छ। तिलोत्तमा नगरमा वडा कार्यालयहरूले पनि बजार अनुगमन गर्दै आएका छन्।
टोलीले औषधि पसल, किराना पसल, होटल तथा रेष्टुरेन्ट, खाद्य उद्योग, हार्डवेयर, मासु पसललगायतमा अनुगमन गरेको थियो। मणिग्राम बजार केन्द्रित अनुगमनका क्रममा टोलीले अखाद्य वस्तु नष्ट गराउनुको साथै सरसफाइमा विशेष ध्यान पु¥याउन होटल तथा रेस्टुरेन्ट र खाद्य उद्योगलाई निर्देशन दिएको छ।
यस्तै अनुगमनको क्रममा पसलमा राखिएका पोलिथिनका झोला, गिलास, प्लेट, बरामद गरिनुका साथै म्याद गुज्रिएका खाद्यवस्तुसमेत बरामद गरिएको अनुगमन टोलीले जनाएको छ।
यस्तै टोलीले आफ्नो पसल, उद्योग परिसर र आसपासको सडकलाई सफा राख्न पनि निर्देशन दिएको शाखा अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो। अनुगमन टोलीले व्यवसाय दर्ता नगरेका व्यवसायीलाई नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र व्यवसाय गर्न निर्देशन दिएको छ। नगर उपप्रमुख जागेश्वरी चौधरीले बजार अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्