जनकपुरबासीले दिए मुख्यमन्त्री राउतलाई मखामुर्खको उपाधी



न्युज अफ नेपाल,जनकपुरधाम ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सोमबार होलीको अवसरमा जनकपुरबासीले ‘महामुर्ख’को उपाधि प्रदान गरेका छन् ।प्रत्येक बर्षको होलीमा प्रदान गर्दै आएको यो उपाधि यस पटक मिथिला नाट्यकला परिषद् (मिनाप) ले मुख्यमन्त्री राउतलाई प्रदान गरेको हो ।

होलीमा मजाक शैलीमा महामुर्ख भनेर यो उपाधि मिनापले २०६१ सालदेखि नै प्रदान गर्दै आएको छ । समाजमा योगदान पुर्‍याएका व्यक्तिलाई दिईने सम्मान भएपनि उपाधि महामूर्ख भनेर प्रदान गरिन्छ ।

मुख्यमन्त्री राउतले प्रदेशको समाजिक रुपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’, ‘छोरी शिक्षा विमा’ सहितको अभियान चलाएको र दलित र महिलाको लागि आरक्षणको व्यवस्था गरेका कारण उनलाई यो उपाधि दिइएको मिनापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्