कोरोनाको नेपाल अपडेट : हालसम्म ४ सय ४१ जनामा नमुना परिक्षण,सबैको रिपोर्ट नेगेटिभ



न्युज अफ नेपाल,काठमाडौँ ।

विश्वभर नै कोरोनाको सन्त्रास छाईरहेका बेला नेपालमा पनि यसको अत्याधिक जोखिम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको आशंकामा ४ सय ४१ नमुना परीक्षण गरिसकिएको छ भने सबैको रिपोर्ट रिर्पोट नेगेटिभ आएको छ ।

यसको अर्थ हालसम्म नेपालमा कोरोना भाइरस कसैमा पनि देखिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थलमा पनि थप जनशक्ति र उपकरणको व्यवस्था गरिएको बताइएको छ । विमानस्थलबाट संक्रमण भित्रिन नदिन नियमित रुपमा औषधीसहितको स्प्रे गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

यसका साथै नेपालसँग सिमाना जोडिएका छिमेकी मुलकका ३६ नाकामा प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा हेल्थ डेस्क स्थापना गरि नेपाल भित्रिने सम्पूर्णको स्वास्थ्य जाँच भइरहेको छ ।

औषधीजन्य सामाग्रीको अभाव हुन नदिन अनुगमनलाई थप प्रभावकारी र देशभित्रको उत्पादन क्षमतालाई बढाउन आवश्यक पहल भईरहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्