उद्योगी व्यापारीहरुको अधिकारकालागि आठ बुँदे प्रतिवद्धता



कालीवहादुर मल्ल,कालिकोट ।

उद्योगी व्यापारीहरुको हक हितलाइ सुनिश्चित गर्न आठ बुँदे प्रतिवद्धता सहित कालिकोट उधोग वाणिज्य संघको अठारौं चुनावी मैदानमा व्यापारी रतवहादुर शाही होमिनु भएको छ ।

कालिकोट जिल्ला व्यापार व्यावसायका लागि निक्कै उत्तम भूगोल भएतापनि यहाँका व्यापारीहरु आफ्नो व्यावसाय मार्फत आफ्नो र कालिकोट जिल्लाको आर्थिक समृद्धिमा योगदान दिन नसकिरहेको तितो यथार्थ रहेकोले आफू प्रतिवद्धताकासाँ अगाडी आएको वताउनु भएको हो ।

जिल्लाका व्यापारी उद्योगिको अधिकारका लागि उधोग वाणिज्य संघको भवन निर्माण सम्पन्न गर्ने,व्यापारीहरुले कर कारोबार लगाएतका लागि विगत लामो समयदेखि झेल्दै आएको समस्या अन्त्य गर्ने,जिल्लाका व्यापारीहरुको हितमा नरहेको रिटोलिङ बन्द गर्ने, मदिरा कारोबार सञ्चालनका लागि व्यापारीहरुले त्रसित भैरहने स्थिति अन्त्य गर्ने प्रतिवद्धता जनाइएको छ ।

रहेको छ । यस्तै बिभिन्न पेशामा रहेका व्यापारीहरुको व्यावसाय सुरक्षित र सुनिश्चित गर्ने,व्यावसाय सञ्चालनका लागि सस्तो र भरपर्दो ऋण व्यवस्थामा कमि हुन नदिने,स्थानीय,प्रदेश र केन्द्र सरकार,राजनीतिक दल,सञ्चारकर्मी तथा नागरिक समाजको सहयोगमा आर्थिक समृद्धिका उधोग,कलकारखाना,कोल्ड स्टोर सञ्चालन गर्ने, कालिकोट सदरमुकाम मान्म बजार,जितेलालिघाट बजार,नाग्म बजार,रास्कोट बजार,बार्खे बजार लगायत सबै बजारमा यातायातको भरपर्दो व्यवस्थाका लागि पूर्वाधार निर्माण तथा आवश्यक सहयोगमा नेतृत्व प्रतिवद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्