बसिललाई उपाधि  



बालबालिकाभित्रको प्रतिभाको खोजी गर्ने उद्देश्यले राजधानीमा सम्पन्न लिटल प्राइट अफ नेपाल–२०२० को जुनियर गु्रपतर्फ बसिल पराजुली विजेता भएका छन्। प्रतियोगितामा सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै पराजुलीले फस्ट रनर्सअप बनेका हुन्।
उज्ज्वल तारा बोर्डिङ स्कुल काँडाघारीमा कक्षा ३ मा अध्ययनरत पराजुलीले प्रतियोगितामा सबैभन्दा बढी ३२ सय १६ भोट प्राप्त गरेका थिए। प्रतियोगितामा पराजुलीले हाम्रो नेपालमा बोलेको गीत प्रस्तुत गरेका थिए। एएनपी मिडिया हाउसद्वारा आयोतित विद्यालयस्तरीय बालबालिकाको प्रतिभाको खोजी कार्यक्रममा नृत्य, अभियन र गायन विधा समावेश गरिएको थियो। प्रतियोगितामा सिनियर र जुनियर गरी दुई तहमा विभाजित गरिएको थियो। प्रतियोगितामा कक्षा ८ देखि १५ वर्ष उमेरका बालबालिकाले भाग लिएका थिए। जुनियर गायनतर्फ विभूत पोखरेल विनर बने भने फस्ट रनर्सअप बसिल पराजुली, सेकेन्ड रनर्सअप नाभिया फुयाल बने भने पब्लिक च्वाइस विनर पनि पराजुली नै बने।

 

प्रतिक्रिया दिनुहोस्