पञ्चकन्या ग्रुपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो



काठमाडौं, (नेस)

पञ्चकन्या समूहले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एक आपसमा शुभकामना आदान–प्रदान गरी नारी दिवस मनाइएको ग्रुपले जनाएको छ। सो कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक नितिशा श्रेष्ठ तथा कर्मचारीको उपस्थिति थियो।

उक्त कार्यक्रममा सबै वक्ताहरूले नारीको महत्वबारे मन्तव्य दिनु भएको थियो भने ग्रुपमा कार्यरत महिलाहरूको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरू प्रदान गरिएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्