कार्यस्थलमै वडाध्यक्षमाथि जातीय विभेद



कालीवहादुर मल्ल,कालिकोट ।

सान्नीत्रिवेणी गाउँपालिका –६ निवासी सोहि वडाका अध्यक्ष रंगराज सार्कीले सोही वडा सहायक रामप्रसाद संज्यालविरुद्ध जातीय विभेद गरेको भन्दै आइतबार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दर्ता गराउनु भएको छ ।

संज्यालले फागुन २१ गते वडा कार्यलयमै पीडितलाई डुम कोमारा भन्दै गाली गलौज र जातिय विभेदित शब्द प्रयोग गरेको पीडित सार्कीले आरोप लागउनु भएको छ ।

आफूमाथि जातीय विभेद भएको भन्दै जिल्ला सदरमुकाम मान्ममा पत्रकार सम्मेलनमा बाेल्दै वडा अध्यक्ष सार्की

कार्यालय समयमा वडा कार्यालयमै डुम कोमारा तैले बस्ने यो कुर्ची होईन भन्दै गाली गलौज र जातीय विभेद गरेको पीडित सार्कीले पत्रकार सम्मेलनमा बताउनु भयो ।

शनिबार मान्ममा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष सार्कीले वडा सहायक संज्यालले कार्यालयमा मदिरा सेवन गरेर आउने र कार्यालयको काममा बाधा पुर्याउने गरेकाले सोही विषयमा विवाद हुँदा आफुलाई जातीय अपमान र भेदभाव गरेको वडाध्यक्ष सार्कीले बताउनु भयो ।

यस अघि पनि फाल्गुन ७ गते वडा साहायक संज्यालले आफु सुर्खेत हुदा फोन गरी गुखाने डुम कमारा जस्ता अपशब्द प्रयोग गरी गाली गलोज गरेको वडा अध्यक्ष सार्कीले बताउनु भयो ।

जातीय विभेद घटनाको जाहेरी आएकाले आरापीलाई पक्राउ गरी अनुसन्धान गर्ने कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलियाले वताउनु भयो । आरोपी सञ्ज्यालले आफूले जातीय विभेद नगरेको प्रतिक्रिया दिएका छन् ।

नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनिय व्यवस्था गरेको छ ।जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

पीडित सार्कीद्वारा आरोपीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी :

 

प्रतिक्रिया दिनुहोस्