अजित र राजपुरा पहिलो



काठमाडौं, (नेस)
अजितकुमार यादव र राजपुरा पछाईं दोस्रो मदन भण्डारी स्मृति ठमेल रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन्। तेस्रो एसियाली जुनियर एथ्लेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजित पुरुष र राजपुरा महिलामा पहिलो भएका हुन्।
अजितले निर्धारित ५ किलोमिटर दूरी १६ मिनेट १४.०१ सेकेन्डमा पूरा गरे। प्रकाशसिंह ऐरी (१८ मिनेट ५४.०७ सेकेन्ड) दोस्रो तथा सन्तोषनाथ योगी (१८ मिनेट १२.०९ सेकेन्ड) तेस्रो भए। राजपुराले निर्धारित ५ किलोमिटर दूरी तय गर्न १८ मिनेट २३.८९ सेकेन्ड समय खर्चिन्।
शकुन्तला ठगुन्ना (२० मिनेट ५५.३८ सेकेन्ड) दोस्रो तथा अन्ना म्याकेर्डन (२३ मिनेट १५.४० सेकेन्ड) तेस्रो भए। दुवै समूहमा पहिलो हुनेले २५ हजार, दोस्रोले १२ हजार र तेस्रोले ८ हजार नगद पुरस्कार हात पारे। सो अवसरमा १३औं सागअन्तर्गत एथ्लेटिक्सको महिला १० हजार मिटर दौडकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्