टेलिकमद्वारा मोबाइल सेवाको सिस्टम अपग्रेड



नेपाल टेलिकमले मोबाइल सेवाको सिस्टम अपग्रेड गरेको छ। कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ सिस्टमबाट जीएसएम प्रविधिअन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पीसीआरएफ सिस्टम जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गर्ने कार्य गरेको हो।पीसीआरएफ सिस्टमलाई स्तरोन्नति गरेपश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन्। यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउँदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन्। यस स्तरोन्नतिबाट कम्पनीको जीएसएम टुजी÷थ्रीजी÷फोरजीअन्तर्गतका डाटा सेवा ग्राहकका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्