‘मास्क होली’ मिस नेपाल नर्थ अमेरिकासँग



वेलकम एडभरटाईजिङ एन्ड मार्केटिङ प्रालिकले मिस नेपाल नर्थ अमेरिका, श्रेया गजुरेलसँग होली मनाएको छ। साथै कोरोना भाइरसले परेको मनोसामाजिक असरले गर्दा, यसपटक मास्क लगाएर होली मनाइएको हो। मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेलले आफ्नो मातृभूमिमा हराइरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन जोड दिँदै वेलकम परिवारको साथमा होलीको शुभकामना प्रदान गर्नुभयो।
उक्त अवसरमा एड्मायर नेपालकी अध्यक्ष नीता पौडेलले गजुरेललाई यस सामाजिक संस्थाको मानार्थ सदस्यता प्रदान गर्नुभएको थियो।
वेलकमका सञ्चालक निर्मलराज पौडेलले होलीको शुभकामना दिँदै नेपालीलाई कोरोना भाइरसबाट डराउनको साटो विज्ञद्वारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर अरूलाई पनि सहायता गर्दै २०७६ को हाली, ‘मास्क होली’ बनाउन सल्लाह दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्