नेपालमै पहिलोपटक पोखराको ट्रेजर क्लबले सुरु गर्यो ट्याम्पेचर गनद्वारा कोरोनाको परिक्षण



न्युज अफ नेपाल,काठमाडौँ ।

चीनबाट संसारभर फैलदैँ गएको कोरोना भाइरस अर्थात् (कोभिड १९ )बाट बच्नकालागि बिभिन्न उपाय अवलम्वन गर्ने काम नेपालमा पनि तीव्र हुँदै गएको छ । मुलुकभर यसको संक्रमणबाट बच्नकालागि अनेकौँ उपाय अवलम्वन गर्ने कामलाई तीव्रता दिइएको छ ।

सरकारले भिडभाड हुने क्षेत्रमा सकेसम्म जम्मा नहुन र ठुला कार्यक्रम नगर्न आग्रह गरिरहेको बेला पोखराको लेकसाईडमा रहेको ट्रेजर लाउन्जले क्वलमा प्रवेश गर्ने ग्राहकहरुलाई उक्त भाइरसबाट बचाउन ट्याम्पेचर गनको प्रयोग गर्न थालेको छ । नेपालमा नै पहिलो पटक सो लाउन्चले उक्त गनको प्रयोगमा ल्याएको हो ।

क्लवमा संचालक किरण बरालले क्लवमा आउने सबै ग्राहकहरु सुरक्षित होउन भन्ने उदेश्यले उक्त मेसिनको प्रयोग गरेको र क्लव भित्र प्रवेश गर्ने ग्राहकलाई स्यानिटाइजरको प्रयोग समेत अनिर्वाय गरेको समेत जानकारी दिनुभयो ।

निजी क्षेत्रबाट संचालित ब्यवसायमा उक्त मेसिन पहिलो पटक प्रयोग गरेको बताइएको छ । ट्याम्पेचर मेसिन प्रयोग गरेर क्वलमा आउने ग्राहकको स्वास्थ्यको बारेमा ध्यान दिएको भन्दै नेपाल भ्रमणमा आएकी स्पेनिस नागरिक म्यान्डा ग्रार्काले क्वलको उक्त कामको प्रसंशा गरेकी छिन् ।

उनी क्लव प्रवेश गर्ने क्रममा क्लवका कर्मचारीले ट्याम्पेचर मेसिनको प्रयोग गरी कोरोना लागे नगालेको बारेमा जानकारी लिन गरेको प्रयास राम्रो भएको बताईन् । ।

प्रतिक्रिया दिनुहोस्