रसुवाको धुन्चेमा कोरोना संक्रमणबाट बच्न हेल्प डेस्क सञ्चालन



सरस्वती न्यौपाने,रसुवा।

कोरोना अर्थात् कोभिड १९ संक्रमणबाट जोखिम कम गर्न रसुवाको सदरमुकाम धुन्चेमा हेल्प डेस्क सञ्चालन गरिएको छ । रसुवामा कोरोना भाइरसको संक्रमण हुन नदिन र भईहाले तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरी नेपाल रेडक्रस धुन्चे शाखा, स्वास्थ्य कार्यालय र जिल्ला विपद व्यवस्थापन समिति रसुवाले संयुक्त रुपमा धुन्चे बजारामा हेल्प डेस्क सन्चालन गरेको हो ।

जिल्ला विपद व्यवस्थापन समिति रसुवाका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डरीका अनुसार यो रोग स्वास प्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँड्दा, बोल्दा समेत हावाबाट सर्ने भएकाले सतर्कता अपनाउन र बढी भन्दा बढी जनचेतनामुलक सन्देश फैलाउन यो हेल्पडेस्कले सहयोग पुराउनेछ ।

नेपाल रेडक्रस सोसाईटी धुन्चे शाखाका सभापति बाबुलाल तामाङले अति आवश्यक काम बाहेक लामो यात्रा नगर्न वा घर बाहिर जानै परे आवश्यक काम बाहेक लामो यात्रा नगर्न बाहिर जानै परे आवश्यक सावधानी अपनाएर निस्कन, साथी भाइ सँग भेटघाट हुँदा हात नमिलाई टाढाबाट नमस्कार गरी मास्क लगाउन आग्रह गर्नु भयो ।

उक्त हेल्प डेस्क मा रेडक्रस ले स्वयम सेवक परिचालन गरी रसुवा, काठमाण्डौबाट रसुवा अगामन गर्ने यात्रु लाई कोरोना भाइरसबाट हुने असरबाट बच्ने उपायबारे जानकारी दिई सो सँग सम्बन्धि पोष्टर, पम्पलेट वितरण गरि भए सम्म फेस मास्क र हात सेनिटाइजर प्रयोग बारे सेवा उपलब्ध गराइने विपद व्यवस्थापन समिति तथा प्र.जि.अ भण्डारी ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्