भेडेटारमा व्यवसायिकरुपमा जिपलाइन सुरु (फाेटाेफिचर)



सरोज यादव,विराटनगर । 

प्रदेश नम्बर १ मा को सुन्दर नगरीको रुपमा परिचिति धरान शाहासिक खेलकुदको हवको रुपमा विकास हुदै गएको छ । पुर्वमै पहिलो पटक प्याराग्लाइडिङ , र्याफ्टिङ सुरु भएको धरानमा व्यवसायिक रुपमा जिपलाइनको सुरुवात भएको छ । साहासिक पर्यटकिय खेलको रुपमा रहेको जिपलाइनको उद्घाटन एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शनिबार गर्नुभयो ।

धरान–४ स्थित भेडेटार वजार देखी देविथान डाँडासम्म ६ सय ५० मिटर लामो जीपलाइन सुरु भएको हो । जीपलाइनको सुरुवात भएसँगै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले जीपलाइनको मज्जा लिनुभएको छ । जीपलाइनमा खेलिसकेपछि उपमेयर भण्डारीले रमाइलो लागेको बताउनुभयो । उहाँले धरानको साहासिक पर्यटनमा ठूलो टेवा पुग्ने बताउनु भयो ।

यसले धरानलाई शाहाशिक खेल पर्यटनको हवको रुपमा विकास गर्ने आशा व्यक्त गर्नु भयो । जीपलाइनको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेशमा पर्यटन उद्योगको क्षेत्रमा प्रदेशमै नयाँ साहासिक पर्यटन भित्रिएको भन्दै खुसी व्यक्त गर्नु भयो । उहाले नीजि क्षेत्रले पर्यटन क्षेत्रमा लगानी गर्ने क्रम बढेको भन्दै प्रशंसा समेत गर्नु भएको थियो ।

उहाले प्रदेश १ का डाडा काडा तथा विकट स्थान समेत यस्ता शाहासिक खेलको माध्यम वाट पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने वताउनुभयो । निजि क्षेत्रको सहकार्यमा धरान भेडेटारका आसपास का क्षेत्रमा केवलकार तथा स्काई वाक समेत निमार्णको तयारी भइरहेको उहाले जानकारी दिनु भयो ।

करिब ७ महिना अघिदेखी वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान–४ ले निर्माण सुरु गरी जिप लाइनको सुरुवात गरेको हो । प्रलिका सञ्चालक केदार थापा, यम राई, डोलिका लिम्बू, विवस भण्डारीले भेडेटारमा २ वर्ष अध्ययन गरेर जिप फ्लाइङको सुरुवात गनुभएको हो । उनीहरुले यस अघि धुलिखेलमा व्यवसायिक रुपमा जिप फ्लाइङ गरिरहनु भएको छ ।

करिब ३ करोडको लगानीमा भौतिक निर्माण सम्पन्न गरेको प्रालिका सञ्चालक केदार थापाले बताउनुभयो । जीपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डीङ पोइन्टसम्म आइपुग्न करिब ३०–४० सेकेण्ड लाग्ने सञ्चालक थापाले बताउनु भयो । उहाँका अनुसार जिपलाइनमा ३ प्रकारको सुविधा हुनेछ । जसमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन हुन्छ ।

क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन् भने सुपरम्यानमा उडेझै गरी फ्लाइङ गर्छन् । त्यस्तै कपलमा जोडीले बसेर फ्लाइङ गर्छन् । क्लासिकको १२ सय, सुपरम्यानको १५ सय र कपलको १८ सय रुपैया मूल्य तोकिएको छ । प्रालिका सञ्चालक केदारले सुरुवाती चरणमा हामी २० प्रतिशतसम्म छुट दिएको वताउदै जिप फ्लाइङमा १० वर्षदेखि ७५ वर्ष उमेरसम्मकाले मज्जा लिन सक्ने वताउनुभयो ।

जिप फ्लाइङमा प्रयोग गरिएका सामग्रीहरु अन्र्तराष्ट्रियस्तरमा प्रयोग भइरहेको र सफल भएको कम्पनीको हुने भएकोले सुरक्षामा कुनै समस्या नहुने थापाले बताउनुभयो । उहाँका अनुसार तारको क्षमता ११ हजार किलो भारको छ भने सेफ्टी बेल्ट(हार्नेस) २२ देखि २७ सय किलो भार र क्याराविनरको भार क्षमता पनि २७ सय किलोसम्मको हुनेछ । साहसिक पर्यटकहरुको ५ लाखका बिमा पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्