परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ



न्युज अफ नेपाल,काठमाडौँ ।

परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ।

कक्षा ६ मा अध्ययनरत एक विद्यार्थीले परीक्षामा कम नम्बर ल्याएको भन्दै हात चिरेर यातना दिएको पाइएपछि महानगरीय प्रहरी वृत बानेश्‍वरले शिक्षिका कर्मचार्यलाई पक्राउ गरेको हो।

आरोपित शिक्षिकालाई आज बिहान उनको घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनले पढाउँदै आएको जागृती एकेडेमीले शिक्षिका कर्मचार्यलाई बर्खास्त गरिसकेको छ।

प्रिन्सिपल राजनकुमार श्रेष्ठले उनलाई शुक्रबारदेखि लागू हुने गरी बर्खास्त गरेको विज्ञप्ति निकालेका छन् । बर्खास्तमा परेकी शिक्षिका सामाजिक विषयकी अध्यापन गराउँदै आएकी थिईन् ।

तस्वीर : सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्