मोटरसाईकलको ट्याङ्कीमा ८ किलो चाँदी तस्करी गर्ने एक भारतीय पक्राउ



न्युज अफ नेपाल,बाँके ।

बाँकेमा आज ८ किलो ५ सय ग्राम चाँदीसहित एक भारतीय नागरीक पक्राउ परेका परेका छन् । मोटरसाईकलको ट्याङ्कीमा लुकाएर चाँदी तस्करी गरिरहेको सूचनाका आधारमा प्रहरीले भारतीय नागरिक अलिब सलमानीलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यलय नेपालगन्जका प्रमुख हरी बहादुर बस्नेतले यूपी ०३२ जपी ३८८८ नम्बरको पल्सर मोटरसाइकल खानतलासी गर्ने क्रममा ट्याङ्कीमा लुकाइराखेको चाँदी बरामद गरिएको बताए ।

प्रहरी निरीक्षक बस्नेतका अनुसार सलमानीले प्रयोग गर्दै आएको मोटरसाइकलको ट्याङ्कीबाट ८ किलो ५ सय ग्राम चाँदी बरामद गरिएको हो ।पक्राउ परेका सलमानीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्