साउदी अरेबियाली राजपरिवारका तीन जना वरिष्ठ सदस्य पक्राउ



रियाद । 

 साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यम जनाएको छ । यी तीन जनालाई शुक्रबार बिहान नै पक्राउ गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले जनाएका छन् ।

पक्राउ परेका तीनमध्ये दुई पुरुष सदस्यहरू देशका प्रभावशाली व्यक्तित्व भएका जनाइएको छ । पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ ।

सन् २०१७ मा युवराजले मोहम्मद बिन सलमानले उनीहरूलाई गिरफ्तार गर्न आदेश दिनु भएको थियो । सन् २०१६ मा युवराज घोषणा गरेपछि सलमानले देशका शासन गर्दै आउन भएको पाइन्छ ।

गिरफ्तार गरिएका तीनजना पुरुष सदस्यमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ रहेका छन्।

मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिकमन्त्री थिए । शाही परिवारका यी सदस्यका घरमा गार्डहरू मास्क लगाएर कालो पोशाकमा आएका र उनीहरूका घर खानतलाशी गरेका द वाल स्ट्रीट जर्नलले जनाएको छ ।

असाध्यै पुरातनवादी मुलुक साउदी अरेबियामा मोहम्मद बिन सलमानले सन् २०१६मा आर्थिक र सामाजिक सुधारका कार्यक्रमहरू घोषणा गरेपछि उनको अन्तराष्ट्रिय स्तरमा प्रशंसा भएको थियो।

पछिल्ला दिनमा साउदी अरेबिया घातक कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्ने उपायमा लागिरहेको छ । विदेशी तीर्थयात्रुहरूलाई तीर्थयात्रा गर्न रोक लगाइएको छ र धेरै महत्वपूर्ण वार्षिक हज होला कि नहोला भन्ने पनि प्रश्न उठेको छ ।

गत बिहीवार इस्लाम धर्मावलम्बीहरूको पवित्र शहर मक्कालाई पूर्ण रूपमा सफा गर्न खाली गरिएको थियो ।
रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्