उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात, जनजीवन प्रभावित



न्युज अफ नेपाल, पर्वत ।
फागुनको अन्तिममा गर्मी बढ्नु पर्ने बेला पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपात भएको छ ।
शुक्रवार साँझदेखि परेको अबिरल बर्षा संगै जिल्लाको जलजला गााउँपालिकाको लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरुमो हिउँ परेको छ । यसपटक चौथो पटक हिमपात भएको हो ।
वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफुललाई समेत क्षति पु¥याएको स्थानिय कृषकहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्