यी आठवटा कम्पनी तथा फर्म कालोसूचीमा



न्युज अफ नेपाल, काठमाडौं ।

ऐनविपरीत काम गर्ने आठवटा कम्पनी तथा फर्म कारबाहीमा परेका छन । सार्वजनिक खरिद अनुगमन कार्यालयको शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद ऐन विपरीत काम गर्ने यी आठवटा निर्माण व्यवसायी, आपूर्तिकर्ता र सेवाप्रदायक कम्पनी तथा फर्मलाई कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको हो ।

खरिद अनुगमन कार्यालयका अनुसार ऐन विपरीत काम गर्ने निर्माण व्यवसायी, आपूर्तिकर्ता र सेवाप्रदायक कम्पनीलाई एकदेखि दुई वर्षसम्म कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय भएको छ ।

कार्यालयले दुई वर्ष कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय भएकाहरूमा श्री सीताराम निर्माण सेवा बाँके र अजम्बर शिवराम कन्स्ट्रक्सन जेभी दोलखा रहेका छन् । त्यसैगरी, स्वस्तिक–सूर्यविनायक कन्स्ट्रक्सन प्रालि हेटौंडा, टौदह कन्स्ट्रक्सन काठमाडौं, उन्नति निर्माण सेवा डोटी, सकम्बरी ट्रेडिङ कन्सन काठमाडौं, इन्दिरा कन्स्ट्रक्सन दोलखा र सुवर्ण ब्राह्मणी जेभी एक बर्से कालोसूचीमा परेका छन् ।

यी निर्माण तथा सेवा प्रदायक कम्पनीले सम्झौताअनुसार समयमै काम नगरेकाले कारबाही गरिएको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्