कपाल र बालबालिकाको हेरचाहका लागि कुमारीका र बेबि शेरामीकाे नेपालमा विक्री शुरु



न्युज अफ नेपाल, काठमाडौं ।

कपाल र बालबालिकाको हेरचाहका लागि प्रशिद्ध ब्राण्ड कुमारीका र बेबि शेरामीले नेपालमा विक्री शुरु गरेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, हेमाज म्यानुफ्याक्चरिङका निर्देशक रोय जोसेफले उक्त ब्राण्डका नेपालको आधिकारिक वितरक हजुरलाई नमस्ते ट्रेड लिड्डका अध्यक्ष तारा बहादुर कुवर र कलाकरको उपस्थितिमा सार्वजनिक गरेका थिए ।

हेमाज होल्डिङ्ग PLC एक श्रीलङकन संगठन हो जुन विगत ७० वर्ष देखिको पौराणिक सम्पदा बोकेर विभिन्न क्षेत्रहरु FMCG, यातायात, स्वास्थ सेवा र अन्य क्षत्रमा कार्यरत रहदै आएको छ ।

हेमाज मेनुफ्याकचरिङ FMCG श्रेत्रमा नेतृत्व लिएको कम्पनीले गौरव गर्ने उत्पादनहरु बेबीकेयर (साबुन,स्याम्पु, कोलोन, क्रिम, लोसन), ओरल केयर (मन्जन,माउथवास),सकिन केयर (साबुन, लोसन, बडि वास), हेयर केयर (ओइल,स्याम्प,कन्डिसनर सिरम), सगन्ध अत्तर ( DEO र कोलोन दुबै महिला,पुरुषका लागि) र स्यानिटरी न्यापकिन्स रहेको कम्पनिले बताइएको छ ।

कुमारिका ब्राण्डको कपालको तेल एक हर्बल तेल हो जुन नरिवलको तेलमा प्राकृतिक जडिबुटिहरु मिलाई तयार पारिएको हो । यसले कपाललाई आकर्षक र सुन्दर पार्छ जुन विश्वको सबै ग्राहकमाझ हर्बल तेल सुन्दर कपालको लागि भनेर चिनिएको छ । कुमारिकामा हेयर आयल, स्याम्पु, कण्डिशनर शिरम रहेका छन् । सन् १९६२ मा फ्रान्सेली बहुराष्ट्रिय कम्पनीका सहकार्यमा उत्पादन शुरुवात भएको कम्पनीले जनाएको छ ।

यस ब्राण्डका उत्पादनहरु कोलोन, कीम, लोसन, स्याम्प , साबन, पाउडर र अन्य बालबालीका उत्पादनहरु समावेश गरेका छन् । बेबी शेरामी आमाहरुका माझ विश्वासीलो ब्राण्डका रुपमा स्थपित भईसकेको र बच्चाहरुको छालाका लागि उपयुक्त हुने कम्पनीले दावि गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्