कोरोनाको आशंकामा सुर्खेतमा पनि एकजनालाई आइसोलेसनमा राखियो



न्युज अफ नेपाल,सुर्खेत ।

काठमाडौंबाट सुर्खेत पुगेका एक जनामा उच्च ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको छ। उनमा १०५ डिग्री ज्वरो देखिएको बताईएको थियो । १०४ डिग्रीभन्दा बढी ज्वरो देखिएकालाई आइसोलेसनमा राखिने स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।

कर्णालीमा तत्काल कोरोना नदेखिए पनि जोखिम भने धेरै छ। कोरोनाको उत्पत्ति भएको स्थान चीनसँग सिमाना जोडिनु, कर्णालीका बढी मानिस रोजगारीका लागि जाने भारतमा पनि कोरोना देखा पर्नुले पनि कर्णाली जोखिममा छ।

कोरोना भाइरस भित्रिन नदिन कर्णाली प्रदेश सरकारले चीनको स्वसासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको हुम्लाको हिल्सा र सुर्खेत विमानस्थलमा चेकजाँच सुरु गरेको छ।

सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत ३७ जनाको चेकजाँच गरिएको छ। उनीहरू सबैमा सामान्य देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्