शिक्षा मन्त्रालय भन्छ एसईई परीक्षा सरेको छैन (विज्ञप्तिसहित)



न्युज अफ नेपाल,काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको प्रष्ट पारेको छ । मन्त्रालयले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) पनि पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पस्ट पारेको छ । पछिल्लो समय स्कुल तथा कलेज विदा गरिएको, परीक्षा नै स्थगित भएको भन्ने जस्ता हल्ला फैलिएको भन्दै शिक्षा मन्त्रालयले मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।

केही दिनअघि शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र लिइसक्न सबै विद्यालयलाई निर्देशन दिईसकेको छ ।

स्थितिको नियमित समीक्षा र विश्लेषण भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति सहित…

प्रतिक्रिया दिनुहोस्