समाचार प्रभाव : आमाले छाडेर विचल्लीमा परेकी बालिकालाई सहयोग



सीताराम अधिकारी,धादिङ। 

धुनीबेसी नगरपालिका वडा नम्बर ५ ढकालखोला ११ वर्षीया सपना तामाङ, बहिनी १० वर्षीया विपना तामाङ र उनका हजुरबुबा ७५ वर्षीय जेठा तामाङलाई नेपाल समाचारपत्रमा समाचार प्रकाशन पछि सहयोग पाउनुभएको छ भने बाबु ज्यान मुद्दामा जेलमा भएको  बेला आमाले ३ वर्षको हुँदा छाडेर बेपत्ता भएपछि कष्टकर जिवन विताउँदै र हजुरबुबाको सहारामा जिवन जिउँदै आएको तामाङ परिवारको दर्दनाक अवस्थाको बारेमा नेपाल समाचारपत्र दैनिकमा फागुन २० गते आमाले छाडेपछिको दर्दनाक दृश्य सम्बन्धी समाचार प्रकाशन भएको थियो ।

समाचार प्रकाशन पछि आफूले मानविय नाताले कुलेश्वर लिकमार्ग निवासी कर्ण बहादुर सिंहले खाद्यदान्न, कपा र भाडाकुडा सहयोग गर्नुभएकोछ ।

दाल, चामल, कपडा, भाँडा तथा सरसफाइ सामाग्री बिहिबार घरमै पुगेर धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, दिव्य दर्शन टेलिभिजनका प्रबन्धक उत्तम अधिकारीले हस्तान्तरण गर्नु भएको थियो । सहयोग पाएपछिखुसी भएका ७५ वर्षीय जेठा तामाङ अरुको दुखमा सहयोग गर्नेलाई सधैँ फाइदा पुगोस् अनि धर्म होस भन्ने आशिर्वाद दिनुभएको छ। नयाँ कपडा पाएपछिनयाँ लुगा लगाएर खुस्देखिएका थिए।

यसैगरि विचल्लीमा परको बालबालिकालाई स्नातक तहसम्मको शिक्षामा सहयोग गर्ने र आवस्यक परेमा परिवारलाई सहयोग उपलब्ध गराउने मानवी क्रिएटिभ एसोसिएसनका बद्री ढंगानाले बताउनुभएको छ । सहयोग पाएर उच्च शिक्षा पढ्न पाउने भएपछि बालबालिका समेत खुसी भएका छन् ।

शिक्षा र अन्य सहयोगका लागि धुनीबेसी नगरपालिकाले समेत सहयोग गर्ने नगरपालिका प्रमुख आचार्यले बताउनुभएको छ ।
विद्यालय र छिमेकीहरुसमेत सामान हस्तान्तरण कार्यक्रममा सहभागि भएर उनिहरुको उच्च शिक्षा पढ्ने अबसरका लागि गाउँबासीले समेत सहयोग गर्ने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्