नेपालमा आउने कुनै पनि औषधि भारतले रोक्दैन : मन्त्री भट्ट



न्युज अफ नेपाल।काठमाडौँ ।

कोरोना भाईरस अर्थात् कोभिड १९ का कारण भारतले २६ प्रकारका औषधी निर्यातमा रोक लगाएपनि नेपालमा आउने औषधीमा भने रोक नलगाउने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताउनु भएको छ ।

मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भारतीय पक्षसँग कुराकानी भइरहेको र तत्काल औषधि नरोकिने जवाफ आएको बताउनु भएको हो । भारतको उक्त कदमपछि वाणिज्य सचिवस्तरीय वार्ता भएको मन्त्री भट्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्