नेता नेपालबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना



काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी उहाँले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णुप्रसाद पौडेलसहित मन्त्रिगण, सांसदसमेत अस्पताल पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीको गत बुधबार अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्