बिकासको नासो लिएर गाउँ पुगे प्रदेश सांसद शाही



काली वहादुर मल्ल,कालिकोट ।

खाँडाचक्र नगरपालिका–८ मा रहेको लिंगासैनी मावि दशलाको भवन सिलन्यास गर्न बुधबार कर्णाली प्रदेशसभाका सदस्य कुर्मराज शाही गाउँमा पुग्दा स्थानीय खुशी भएका थिए । प्रदेश सरकारको २० लाख लागतमा निमार्ण हुन लागेको चार कोठे भवनको सिलान्यास गर्न प्रदेशसभा सदस्य शाही विद्यालयमा आएपछि विकासको नासो ल्याएर मतदाता सामु आएको भन्दै स्थानीय हर्षित भएको विद्यालय व्यवस्थापन समिति सदस्य रवि नेपालीले जानकारी गराउनु भयो ।

जीर्ण अवस्थामा रहेको विद्यालय प्रदेश सरकारको सहयोगमा नयाँ भवनका लागि वजेट विनियोजन गर्न पहल गरेको भन्दै माननीय शाहीलाई विद्यार्थी अभिभावक,शिक्षक लगायतले धन्यवाद दिएका थिए ।

भवन सिलान्यास कार्यक्रममा आफ्नो धारणा राख्दै प्रदेश सांसद शाहीले विद्यालय भवनका लागि यति बजेट थोरै भएपनि नासोका रुपमा विनियोजन गरिएको र आगामी आवमा आवश्यक थप बजेट विनियोजनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

यस्तै बिहीबार प्रदेश सांसद कुर्मराज शाहीले शुभकालिका गाउँपालिकामा रहेको सेरी पान्तडी सडक खण्डको पनि सिलान्यास गर्नु भएको छ । प्रदेश सरकारको ४ करोड लागतमा निमार्ण हुन लागेको सेरी पान्तडी सडकको यसै आवमा ट्याक खोलिने सांसद शाहीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्