श्रमिक महिला दिवसमा महिला फूटबल



सीताराम अधिकारी, धादिङ ।
११० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा महादेबबेसीमा आयोजित महिला मैत्रीपूर्ण खुल्ला फुटवल प्रतियोगीताअनु लामाकोटिमले उपाधी हात पारेको छ।

महिला रोकिए संसार रोकिन्छ भन्ने नाराका साथ श्रमिक महिला दिवस मनाउँदै गर्दा आपसी मेलमिलाप रमहिलाहरुल पनि खेलकुदमा सहभागिता जनाउन सक्छन् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको थियो। टिभिकोपर्दामा मात्र फुटबल हेरेका महिलाहरु सहभागि भएकोप्रतियोगिता खेलकुदमा उत्साह देखिएको थियो ।

ग्रामीण महिलाहरु ११ टिमको सहभागिता रहेको प्रतियोगितामा खेलमा अनु भुषालको टिम प्रथम, लिला श्रेष्ठको टिम द्वितिय, ईन्दिरा भण्डारीको टिम गल्छि तृतिय र अनु लामाको टिम सान्त्वनामा भएको छ ।

खेलकुदमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमहरुलाई मेडल, प्रमाणपत्रका साथमा नगद क्रमशः रु ५ हजार, रु ४ हजार, रु ३ हजार र रु २ हजार प्रदान गरिएको छ । खेलमा उत्कृष्ट खेलाडीका रुपमा अनु भुषाल छानिनु भएको थियो । फरवार्डमा सुमिना पुन मगर, डिफेन्डरमा गोपीनी तामाङ, मिड फिल्डरमा बिपना तामाङ र किपरमा करिना सिं ठकुरीको उत्कृष्ट घोषणा गरिएको आयोजक संस्था सिर्डस धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्