नेपाली अब कतार प्रहरीमा पनि



एजेन्सी ।

कतारले एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ । सामान्य कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो ।

उनीहरुको चार महिने प्रहरी तालिम सकिएको छ । उनीहरु अब तत्काल कार्यस्थलमा खटिनेछन् । यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो ।

नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा पनि नेपालीलाई नै अवसर दिइएको हो । कतारमा झन्डै चार लाख नेपाली कामदार छन् । प्रहरी सेवामा नेपालीको उपस्थितिले नेपाली कामदारलाई सुरक्षा सेवा दिन थप प्रभावकारी हुने कतारले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्