कुङफु शनिबारदेखि



काठमाडौं, (नेस)
बाल विकास बोर्डिङ हाई स्कुलको आयोजनामा प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

आयोजक बाल विकासको २५औं स्थापना दिवसका अवसरमा हुन लागेको प्रतियोगितामा सान्डामा २० र थाउलोमा १२ गरी ३२ स्पर्धामा प्रतिस्पर्धा हुने बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो। विभिन्न ४२ विद्यालयका करिब ४ खेलाडीको सहभागिता रहनेछ।

उपत्यका बाहिरबाट आउने खेलाडीलाई खाना र बस्न आयोजकले व्यवस्था गर्ने छ। बूढानीलकण्ठ नगरपालिकाको–१, ३ र ५ को प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरू बूढानीलकण्ठस्थित आयोजककै हातामा हुनेछ। दुई दिने प्रतियोगितामा नेपाल कुङफु संघको प्राविधिक सहयोग रहनेछ।

 

प्रतिक्रिया दिनुहोस्