यामाहाको इण्डोनेसियन सिरिज एनम्याक्स १५५ अब नेपालमा



नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले यामाहाको इन्डोनेसियन सिरिज एनम्याक्स १५५ लाई नेपालमा सार्वजनिक गरेको छ। यामाहा एनम्याक्स सिरिज स्कुटरको ‘कम्फोर्ट’ र मोटरसाइकलको ‘पावर’ दुवै खोज्ने ग्राहकमाझ विश्वमै लोकप्रिय छ। नयाँ यामाहा एनम्याक्स १५५ मा यामाहाले आविष्कार गरेको ब्लुकोर प्रविधिसहितको ११५ सीसीको ‘फ्युल इन्जेक्सन’ इन्जिन प्रयोग गरिएको छ। यो प्रविधिले इन्धनको अधिकतम् उपयोग गर्छ जसका कारण ‘एसिलेरेसन’ सहज हुन्छ र माइलेज बढ्छ।
यो स्कुटरको स्पोर्टी लुक र प्रिमियम डिजाइन यामाहाका प्रिमियम स्पोर्ट स्कुटर बाट प्रभावित छ। यसको ‘टेल’ले एनम्याक्स१५५ लाई स्पोर्टी र आकर्षक लुक दिएको छ भने यसको ‘बुमराङ साइड मोटिफ’ र ‘सेन्ट्रल टनेल अन्डरलाइन’ले यामाहाको बलियो म्याक्स विरासतलाई झल्काउँछ। एनम्याक्स १५५ मा प्रयोग भएको ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) सिस्टमले यसलाई ‘स्पोर्टी पर्फर्मर’ बनाएको छ। यसको ‘फोर–भल्भ सिलिन्डर हेड’ले गर्दा तल्लो र मध्यम आरपीएममा पनि ‘टर्क’ मा कुनै सम्झौता नगरी अधिकतम ऊर्जा उत्पन्न गर्न मद्दत गर्छ। यसले सबै ‘रेभ रेन्ज’मा ‘एसिलेरेसन’लाई बलियो बनाउँछ र माइलेज पनि बढाइदिन्छ।
एनम्याक्स १५५ मा निकै बलियो तर हलुका ‘ट्युबुलर फ्रेम’ राखिएको छ जसले ‘स्पोर्टी राइड’ र ‘स्टेबल’ ह्यान्डिलिङ’ प्रत्याभुत गर्छ। यसमा प्रयोग भएको ‘ट्विट शक रियर सस्पेन्सन सिस्टम’, ‘टेलिस्कोपिक फ्रन्ट फोर्क’, ‘हाई स्पेसिफिकेसन च्यासिस’ ले चालकलाई हरपल आरामको अनुभुति दिलाउँछ।

प्रतिक्रिया दिनुहोस्