एनआईसी एसिया क्यापिटलद्वारा तेस्रो वर्ष पूरा



एनआईसी एसिया क्यापिटल सञ्चालनमा आएको तीन वर्ष पूरा गरेको छ। यसअवधिमा कम्पनीले १ लाख ८३ हजारभन्दा बढी हितग्राही खाता खोल्नुको साथै लगानी व्यवस्थापन सेवातर्फ ३ सय ग्राहकलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ। नेपालमै पहिलोपटक आईपीओ ३७ घन्टमा बाँडफाँड गर्न सफल भएको कम्पनीले सेवाग्राहीलाई सेवा दिने उद्देश्यका साथ सन्ध्याकालीन काउन्टर सञ्चालन गरिरहेको छ। शेयर रजिष्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजारभन्दा बढी शेयरधनीलाई सेवा प्रदान गरिरहेको छ भने म्युचुअल फण्ड सेवाअन्तर्गत दुई वटा बन्दमुखी योजनामार्फत ३५ हजारभन्दा बढी इकाईधनीलाई सेवा प्रदान गरिरहेको छ।
साथै नेपालमै पहिलोपटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलामुखी सामूहिक लगानी कोष योजना सञ्चालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरेको छ। कम्पनीले तेस्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ। जसअन्तर्गत फागुन २२ गतेदेखि मिति असार मसान्तसम्म निः शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुटको व्यवस्था गरेको छ। त्यस्तै फागुन २२ गतेदेखि चैत्र मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्