साताको अन्तिम कारोबार घटेरै बन्द



काठमाडौं, (नेस)

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेरै बन्द भएको छ। बिहीबार नेप्से ५ दशमलव ५० अंकले घटेर १४३५ दशमलव ७० बिन्दुमा झरेको छ।

कुल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ रुपियाँमा कारोबार भएको छ।इस दिन कारोबार भएको १२ उपसमूहमध्ये विकास बैंक, अन्य, लघुवित्त, जीवन बीमा उपसमूह वृद्धि भए पनि बाँकी सबै समूह ओरालो लागेको छ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ। सो कम्पनीको रु ३७ करोड ८७ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

समग्र परिसूचक घटे पनि मञ्जुश्री फाइनान्स १०, राधी विद्युत् कम्पनी ९ दशमलव शून्य ४, बोटलर्स नेपाल तराई, ८ दशमलव २१, जनउत्थान सामुदायिक लघुवित्त ७ दशमलव शून्य २ प्रतिशतले कमाएका छन्। नेपाल हाइड्रो ९ दशमलव ६९, हिमाल दोलखा हाइड्रोपावर ९दशमलव ३२ प्रतिशतले गुमाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्