प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण: ‘जस्तो अपेक्षा गरेका थियौ परिणाम पनि त्यस्तै आएको छ’



भगवती तिमल्सिना, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा दोस्रोपटक प्रत्यारोण गरिएको मिर्गौलाले सामान्य रुपमा काम गर्न थालेको छ ।

उपचारमा संलग्न नेफ्रोलोजिष्ट डा. दिब्या सिंह शाहका अनुसार उहाँको मृगौला प्रत्यारोपणमा हामीले जस्तो अपेक्षा गरेका थिर्यौ परिणाम पनि त्यस्तै आएको छ । अबको खतरा भनेको सक्रमण हुन नदिनु हो र त्यसका हामी पूर्ण तयारीमा जुटेका छौ ।

प्रधानमन्त्री ओलीले बिहीबार विहान कालो चिया खानु भएको र क्रमस उहाँलाई सुप, नरम जाउलो सम्म खुवाउन थालिएको पनि उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा.प्रेम खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जारी गर्नुभएको विज्ञप्तिमा अपेक्षाकृत सुधार देखिएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको ओलीको सबै भाइटल तथा ल्याब सूचक सामान्य अवस्थामा रहेको अस्पतालका निर्देशक डा. खड्गाले बताउनुभयो । त्यसैगरी ओलीलाई मिर्गौलादान गर्ने समीक्षा संग्रौला ज्ञवालीको पनि स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँलाई पनि प्रधानमन्त्रीलाई जस्तै कालो चिया, सुप, र नरम खाना दिईएको कार्यकारी निर्देशक खड्गाले जानकारी गराउनुभयो ।

बुधवार प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण शुरु गरे देखि विहिवार सम्म पनि विभिन्न स्थानमा सुभचिन्तक तथा आफन्तजनहरुले स्वास्थ्यलाभको कामना गर्दै पाठ पूजा गर्ने, प्राथना गर्ने, अस्पतालको बाहिर पुगेर उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिने कार्यले तिब्रता पाईनै रहयो । प्रधानमन्त्री अस्पताल भर्ना हुने खबर बाहिरिए देखि मृगौला प्रत्यारोपण सफल हुँदा सम्म पनि राजनैतिक दलका नेता, सुभचिन्तक, आफन्तहरुको भीड त्रिवि शिक्षण अस्पतालमा उत्तिकै देखिन्छ । फेसबुकका वाल पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनाले भरिएको पाइन्छ । यति धेरै सुभेच्छुकको सुभकामना सहित प्रधानमन्त्री पदमै रहेर दोस्रो पटक मृगौला प्रत्यारोपणमा सफलता पाउने विश्वकै पहिलो प्रधानमन्त्री उहाँनै हुनुहोला ।

प्रधानमन्त्री ओलीले स्वदेशमै मृगौला प्रत्यारोपण गराएर चिकित्सकहरुको आत्मबल बढाउँनुका साथै उहाँ आफैले पनि निकै आत्मबलका साथ निर्णय गरेकोमा साधारण व्यक्ति देखि उच्च ओहदामा आसिन व्यक्तिहरुले समेत प्रधानमन्त्री ओलीको उदाहरण दिँदै नेपाली चिकित्सकलाई हौसला बढाउनुका साथै जिम्मेवार बनाउन लागि परेका छन् । प्रधानमन्त्रीले नेपाली चिकित्सकको मूल्यांकन गरेकोमा स्वावासी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्