चन्द समूहका अञ्चल व्यूरो सदस्य वाइबाले गरे आत्मसमर्पण



बुद्ध नेपाली, सिन्धुली ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना जनकपुर अञ्चल ब्यूरो सदस्यले बिहीबार आत्मसमर्पण गर्नुभएको छ । चन्द नेतृत्वको समुहका जनकपुर अञ्चल ब्यूरो सदस्य शेरबहादुर वाइबा (कपिल भनिने) ले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आत्मसमर्पण गर्नुभएको हो ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुरुजी घर भएका ४२ वर्षीय वाइवा उक्त समूहका जिल्ला सह–इन्चार्ज पनि हुनुहुन्छ । उनी संगठित अपराध, आगजनी, बम विस्फोट लगायतका मुद्दामा धरौटीमा छुटेका वाईवालाई प्रहरीले गत मंसिर २० गते हेटौंडाबाट पक्राउ गरेको थियो ।

वाईवाले राजनीतिक गतिविधि त्यागेर सामान्य जीवनयापन गर्ने बताएपछि वाग्मती प्रदेशसभा सदस्य लेखनाथ दाहालको रहोबरमा छाडिएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्