रुपन्देहीको फर्साटिकरमा दोस्रो खुल्ला भलिबल प्रतियोगिता



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको सुद्धोधनमा शुक्रबारदेखि दोस्रो एमएल सप्लायर्स खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । एमएल पोखरेली ढुंगा सप्लायर्सको आयोजनामा सुद्धोधन गाउँपालिका वडा नं. ४ फर्साटिकरमा हुने प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा सप्लायर्सका अध्यक्ष मिलन निउरेले जानकारी गराउनु भयो ।

सप्लायर्सले सामाजिक उत्तरदायित्व बहन गरि खेलकुदको बिकास र प्रवद्र्धनकालागि प्रतियोगिता सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता दिने उहाँले बताउनु भयो । शुक्रबारदेखि सुरु हुने प्रतियोगिता यहि फागुनको २६ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार रुपैंया, द्वितीय हुनेलाई २२ हजार रुपैंयाँ र तृतीय हुने टिमलाई ११ हजार रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक मेखबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा बिधागत उत्कष्ट हुने खेलाडीलाई समेत परस्कृत गरिने छ ।

ग्रामिण क्षेत्रमा रहेको सुद्धोधन गाउँपालिकालाई भलिवल खेलका माध्यमबाट राष्ट्रिय रुपमा परिचित गराउन र युवाहरुलाई कुलतमा लाग्न रोक्नका लागि पनि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका सल्लाहकार नरेन्द्र बिक्रम खड्काले बताउनु भयो ।

प्रतियोगिता सञ्चालन गर्न ३ लाख १६ बढी रकम लाग्ने अनुमान गरिएको छ भने प्रमथ पुरस्कार अमेरिकामा रहेका फर्साटिकर निवासी विवेक जिसीले प्रायोजन गर्नुभएको प्रतियोगिताका सदस्य मनोज भण्डारीले बताउनु भयो । प्रतियोगिता सञ्चालनमा भएको आम्दानीको २५ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गरिने पनि सप्लायर्सका अध्यक्ष निउरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्