‘नयाँ घर पाउँदा हर्कसँगै गद्गद् भएँ’



मोतीराम तिमल्सिना, काभ्रे । 

ह्याविट्याट फर ह्यूमनिटी नेपालले नेपाल पूनःनिर्माण सहयोग कार्यक्रम मार्फत ४५ महिनामा पाँचखाल र नमोबुद्ध नगरपालिकाका नागरिकहरुका लागि भुकम्पबाट प्रभावित समुदायको पुनस्थापनाको लागि समुदाय आफैलाई सुरक्षित आवास निर्माण सम्बन्धि ज्ञान सिप र चेतनाको विकास गराई पुननिर्माणमा समुदायलाई नै अग्रसर बनाउनको लागि भुमिका निर्वाह गरेको छ ।

पाँचखाल नगरपालिका वडा नम्वर २ अनेकोटको रातोपहिरा र जल्ढुंगामा निर्माण गरिएका घरहरुको कार्यक्रमका नेपाल स्थित कन्ट्रि डाईरेक्टर कृष्टी स्टिकनी र पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारले भुकम्प पीडितहरुका लागि हस्तान्तरण गर्नु भयो ।

रातोपहिरामा निर्माण गरिएको एकल महिला ६३ बर्षिया खड्गदेवी चौलागाई र उनका छोरा कृष्णप्रसाद चौलागाईको घर हस्तान्तरण गरिएको थियो भने जल्ढुंगामा निर्माण भएको ८४ बर्षिया एकल महिला गुणलक्ष्मी श्रेष्ठको घर हस्तान्तरण गरिएको थियो । खड्गदेवी भुकम्पले घर भत्काए देखि मन्दिरकोको छिँडीमा बस्दै आउनु भएको थियो । तीन छोरा मध्ये माईलो छोरा हरिशरण चौलागाई मानसिक अस्वस्थ हुनुहुन्छ । उहाँको रेखदेख गर्दै सालको पात दोलाघाट माथी बनदेउ पुगी टिपेर विक्री गरी आम्दानी भएको रकमले छोराको उपचार र खानपानको जोहो गर्दै आउनु भएको थियो । नगरपालिकाको तर्फबाट वडामा भएका ब्यक्तिहरु मध्ये गरिवको सूचीमा राखी आवास निर्माणमा सहयोगको सिफारिस गरिएको वडा अध्यक्ष हरि खतिवडाले बताउनु भयो । २९ बर्ष देखि खड्गदेवीका श्रीमान वेपत्ता हुनुहुन्छ ।

सरकारले उपलब्ध गराएको तीन लाख रुपैया मध्ये पहिलो किस्ता खर्च गरिसकेकाले थप रकम लिन घर निर्माण गर्न नसके पछि ह्याविट्याटले आर्थिक, प्राविधिक र जनशक्ति समेत उपलब्ध गराई घर निर्माण गरिदिएकाले खुशी भएको उहाँले बताउनु भयो । ‘बाघदेखि डराएर, चिसो, तातोको कष्ट ब्यहोरें’–उहाँले भन्नुभयो–‘घर निर्माणले हर्क सँगै खुशीले गद्गद् भएको छु ।’

जल्ढुंगामा एकल महिला गुणलक्ष्मी श्रेष्ठको घर पुर्ननिर्माण गरिएको छ । श्रीमान विताएकी श्रेष्ठलाई छोरी र नातिनीले सहयोग गरे पनि घर निर्माण हुन सकेको थिएन । उनिहरु पनि घर विग्रिएकाले माईतीमा आमासँग बस्दै आएका छन् । उपप्रमुख लक्ष्मी दनुवारले नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुको अनुहारमा खुशी ल्याउन ह्याविट्याटले गरेको सहयोगले सरकार र संघसंस्थाको सम्वन्ध अझै प्रगाढ भएको बताउनु भयो । नगरपालिका एक्लैले यस्ता अभियानमा काम गर्न असम्भव भएकाले ह्याविट्याट जस्ता सस्थाको सहयोगलाई सरकारले समन्वयात्मक र सहयोगात्मक रुपमा लिएको उहाँले बताउनु भयो ।

वडा अध्यक्ष हरि खतिवडाले वडा भित्र रहेका ८ सय ७७ घर धुरी भुकम्प पीडित मध्ये ७ सय भन्दा धेरैले घर निर्माण गरिसके पनि अझै केहि घर बास्तविक पीडितहरु अनुदान प्राप्त गर्न छुटेको बताउनु भयो । ह्याविट्याटका तर्फबाट सिमराज दनुवार, कार्यक्रमका तर्फबाट कृष्ण विक लगायतको टोलीले पाँचखाल नगरपालिकामा परियोजना क्षेत्र भित्रका भुकम्पबाट प्रभावित घरधुरीको पुर्ननिर्माण तथा पुनस्थापना गर्नको लागि पु¥याएको सहायता, प्रकोप नियन्त्रणको लागि सहभागिता मुलक क्षमताको विकास गरिएको, पास्सा समुह मार्फत भुकम्प बाट प्रभावित समुदायमा सुरक्षित आवास निर्माण प्रविधिको ज्ञान र सिपको विकास गरिएको, पुर्ननिर्माण संग सम्बन्धित व्यबसाय संचालनको लागि आवश्यक प्राविधिक सिप तालिम तथा बजारीकरण सहयोग प्रदान गरि जिविकोपार्जनमा टेवा पु¥याएको, सामाजिक आर्थिक शारिरिक रुपले अति विपन्न परिवारको प्राथमिकताको साथ निर्माण गरिएको जानकारी गराउनु भएको थियो ।

DCIM/100MEDIA/DJI_0184.JPG

पाँचखाल नगरपालिकामा लाभग्राहि सम्झौता भएका पुननिर्माण ९ हजार ७ सय १३ रेट्रोफिट ३ सय ५५ गरी १० हजार ६८, गुनासो दर्ता ३०४१, गुनासो सुनवाई २९९६, पहिलो किस्ता निकासा भएको ९२३४, दोस्रो किस्ता निकाशा भएको ७४९७, तेश्रो किस्ता निकासा भएको ६२११ रहेको छ । नेपाल पुननिर्माण सहयोग कार्यक्रम मार्फत सामाजिक परिचालन अन्र्तगत सम्झौता गर्न सहयोग पु¥याएको ३२७२ घर धुरी, सुरक्षित आवास सचेतना लगायतका कार्यक्रम गरिएका छन् ।

प्राविधिक सहयोग, भुकम्पीय अनुदान २ सय ५० घर, ४ सय ९९ अति विपन्न परिवारलाई ५० हजार बराबरको निर्माण सामाग्री खरिदको लागि थप सहयोग, १ सय ५७ अति विपन्न परिवारलाई ५० हजार बराबरको दक्ष कामदार सहयोग, पुननिर्माण प्राधिकरण मार्फत छनौट भएका मध्ये ५३ विपन्न घरधुरीलाई .५० हजार टप अप सहयोग, मार्फत अतिविपन्न ३४ परिवारको घर निर्माण गरिएको छ । बजारीकरणका लागि पुननिर्माण संग सम्बन्धितप्राविधिकसिपविकास तालिम, औजारालय स्थापना र निःशुल्कऔजारहरुको सेवा प्रवाह गरिएको छ । प्राविधिक निरिक्षण तथा कार्य सम्पन्नका लागि १ हजार ६ सय ४७ घर धुरीलाई सहयोग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्