कारखाना शैक्षिक मेला स्थगित



न्युज अफ नेपाल, काठमाडौं ।

२१ औं शताब्दीमा कम्युटिङ शिक्षा प्रतिम्बिम्बित हुनेगरी हामीले पाठ्यक्रम र सिकाई सामग्री तयार पार्दै देशका विभिन्न शहरमा प्रशिक्षण र कक्षा सञ्चालन गरेको कारखानाले चैत फागुन २४ देखि चैत १ गतेसम्म हुने शैक्षिक कारखाना मेला स्थगित गरेको छ । सार्वजनिक जमघटबाट टाढा रहन सरकारले गरेको अपीललाई ध्यानमा राखेर सुरक्षालाई प्राथमिकता दिदै कारखाना मेला स्थगित गरेको हो छ । मेला स्थगित भएपनि शिक्षा क्षेत्रका व्यक्तित्वहरुले भने व्यक्तिगत रुपमा वा सानो संख्यामा भ्रमण गर्न सक्ने कारखानाले जनाएको छ ।

कम्प्युटर डिजाइन र कम्युनिकेसन सिरिजको माध्यमबाट दृश्य सञ्चारको ज्ञान दिने, कम्प्युटेसनल थिङ्किङ सिरिजको माध्यमबाट प्रोग्रामिङको जानकारी र डिजिटल सिटिजनसिप सिरिजको माध्यमबाट जानकार नागरिक बनाउने उद्देश्यले स्थापना भएको कारखानाले हाल ७२ विद्यालयमा कक्षा सञ्चालन गरिरहेको छ । हरेक सिरिजमा किताब, भिडियो र शिक्षकको लागि निर्देशन हुनेछन, जसलाई विद्यालयले प्रयोग गर्नसक्ने उद्धेश्यले मेला आयोजना गरेको थियो ।

कारखाना एक नेपाली शैक्षिक संस्था र बालबालिकाहरुका लागि सिकाईका अनुभवहरू डिजाइन गर्ने मेकर स्पेसको रुपमा चिनिन्छ । कारखानाले काठमाडौं पोखरा, विराटनगर, बुटवल, चितवन मा आफ्नो तालिम र प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । त्यस्तै भारत, बंगलादेश, दुबई तथा अन्य दक्षिण एसियाली देशहरुमा पनि कारखानाका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । ६० जना उस्तै विचारधाराका भएका व्यक्तिहरूको टोलीले यो संस्था चलाउँदै आएको कारखानाले प्रत्येक हप्तामा लगभाग ६ हजार विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, आर्टर र डिजाइन,इन्जिनियरिङ र गर्णित(स्टीम) विषयका कार्यक्रमहरू संचालन गरि, पढाई सामग्री (किट्स)का मध्यमबाट प्रभाव परिराखेको छ ।

कारखानाले बालबालिकाको क्षमता र मनोवृत्तिको विकासले नै आफ्नो भविष्य र समुदायको भविष्य निर्माण गर्न मद्दत गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सन् २०१२ सालमा स्थापना गरिएको कारखानाको मुख्य उद्देश्य भनेको बालबालिकाहरूलाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिकाहरू देखाउँदै, केही बनाउदै पढ्न सिकाउने गरी विद्यालयको कोर्षको आधारमा पढाई समाग्री निर्माण गरिरहेको छ ।

नेपाली विज्ञान पाठ्यक्रम र सिकाई पद्दतीले राम्रै सैद्दान्तिक ज्ञान दिन्छ तर व्यवहारिक विज्ञान सिकाई र पढाईको भने ठूलो अभाव छ । कारखानाका किताब र विज्ञान विषयको पढाई सामग्री (पष्तक) विशेषगरी शिक्षकले भोग्ने चुनौतिलाई सोचेर तयार पारिएको छ ।

त्यसकारण किट्सहरु (पष्तक) थोरै मुल्यमा उपलब्ध छन् र यसको लागि विशेष ल्याब (बिद) आवस्यकता पनि पर्दैन । यी किट्स प्रयोग गर्नको लागि हरेक कक्षाकोठा नै ल्याब हुन् ।

बालबालिकालाई रमाइलो लाग्ने खालका विषय – प्रविधि, गेमिङ, रोबोटिक्स, एनिमेसन, क्राफ्ट (अचबात) जस्ता कार्यक्रम तयार परेर बालबालिकाहरुलाई सफ्ट स्किल र क्रिटिकल थिङ्किङ ( सिकाउन काम कारखानाले गरिराखेको जनाएको छ । सो विषयमा विद्यार्थी स्टीम विषयका शिक्षक र अभिभावकलाई जानकारी दिन मेला आयोजना गरेको थियो ।

सरकारी कार्यालयका प्रतिनिधि, कूटनीतिक नियोगहरूका प्रमुख, तथा सुरक्षा बल, खेलकुद, संगीत र चलचित्र उद्योगका व्यक्तित्वहरुलाई पनि आमन्त्रित गरिएको थियो । कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतमले स्थगित गरिएको कार्यक्रम पछि तय गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्