प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै जिल्लावासीले गरे प्रार्थना पूजा



मोतीराम तिमल्सिना, काभ्रे । 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभ तथा दिर्घायुको कामना गर्दै जिल्लावासीहरुको तर्फबाट पशुपतिनाथ मन्दिरमा विहिबार विहान ९:३० बजे जिल्ला समन्वय समिति काभ्रेले प्रार्थना पुजा गरेको छ ।

समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीका अनुसार समन्वय समिति काभ्रेको तर्फबाट समग्र जिल्लाबासीहरुको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दिर्घायूका लागि प्रार्थना पुजा गरिएको हो । विधी पुर्वक गरिएको पुजामा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरिएको थियो । प्रधानमन्त्री ओलीको बुधबार सफलतापुर्वक शल्यक्रिया भई मृगौला प्रत्यारोपण गरिएको थियो । प्रार्थना पुजामा उपप्रमुख मञ्जु गौतम, समन्वय अधिकारी सच्युतराज उप्रेती, प्रवत्ता एवं समन्वय समिति सदस्य प्रेम लामा सहित अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै धुलिखेलमा युवाहरुको समुहले मंगलबार साँझ दिपप्रज्वलन गरेको छ । शन्यक्रिया सकिए लगत्तै युवाहरुको समुहले स्वास्थ्य लाभको कामना गर्दै दिपप्रज्वलन गरेका हुन् । त्यस्तै बनेपाको चण्डेश्वरी मन्दिरमा एक हजार ८ दिप प्रज्वलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्