संसद बैठकमै सांसदहरुबीच मुक्का हानाहान (भिडियोसहित)



एजेन्सी । टर्कीको संसद बैठकमा सांसदबिच मुक्का हानाहान भएको छ ।

प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको आलोचना सुरु भएको विवाद मुक्का प्रहारमा गएर टुंगिएको हो । प्रतिपक्षी दल एन्जिन ओजकोक रिपब्लिक पिपल्स पार्टीका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको आरोप लगाएपछि विवाद चर्किएको हो ।

सांसदहरुको यस्तो व्यवहारले टर्कीको संसद भवन कुस्ति खेल्ने अखडामा परिवर्तन भएको थियो । विभिन्न टर्कीस मिडियाहरुले भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा सांसदहरु एक अर्कालाई मुक्का प्रहारमा व्यस्त भएको देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्