ड्राइभिङ टेस्ट पास गरेको १० मिनेट नबित्दै खोलामा कार खसाएपछि…



एजेन्सी । सवारी चालक हुनु त्यति सजिलो काम होइन । चालकले लाइसेन्स पाउनका लागि ड्राइभिङ टेस्ट दिएर उत्तीर्ण हुनुपर्ने हुन्छ । यसै विषयमा हालचालै चीनमा एउटा घटना भएको छ ।

कार ड्राइभिङ टेस्ट दिएर एक चीनीयाँ व्यक्तिले पास गरेको १० मिनेटमै कार खोलामा खसलेका छन् । ती व्यक्तिले गुइचो प्रान्तमा रहेको लाओपिङ पुलबाट कार खोलामा खसाएका हुन् । झाङ नाम गरेका उनले कार चलाउँदै गर्दा मोबाइलमा ड्राइभिङ टेस्ट पास गरेकोमा आएको बधाई सन्देश पढिरहेका थिए ।

भिडियोमा झाङले पुलमा गाडी ल्याउँदा केही मानिस पुल तरिरहेको देखिन्छ । ध्यान भड्किएपछि उनी गाडीलाई देब्रेतिर मोडे र कार खोलामा खस्न पुगेको हो ।

कार केही बेर पानीमा तैरियो । झाङले कारको ढोका खोल्न नसकेपछि अर्कोतिरको ढोकामा लात हानेर खोले अनि बाहिर निस्किए । पछि स्थानीयहरूको सहयोगमा उनको उद्दार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्