१०८ किलो तौल घटाएपछि यस्तो देखिए संसारकै मोटा बालक



एजेन्सी । मोटो हुनु अचम्मको कुरा होइन तर शरिरले थाम्न नै नसकिने गरि मोटाउनु चाँहि अचम्मको कुरा हो । १९३ किलो तौल रहेका आर्या परमाना जो संसारकै मोटो बालक भनेर चिनिन्छन् उनले १०८ किलो तौल घटाएर सबैलाई चकित पारेका छन् ।

कडा परिश्रम र मेहनत साथ तौल घटाएका उनको तस्वीर अहिले सामाजिक संजालमा भाइरल भएको छ । डेली मेलमा प्रकाशित एक रिपोर्टका अनुसार आर्या परमानाको तस्बिर र भिडियो अदे राय नामका एक प्रयोगकर्ताले सार्वजनिक गरेका हुन् । उनको यो मेकओभरको पछाडि भ्यारिएट्रिक सर्जरी, डाइट प्लान र दैनिक कसरत रहेको उनको परमानाका पिताले बताए ।

आर्याको एउटा सर्जरी भइसकेको छ । तर उनको शरीरमा अझै पनि झोलिएका छालाहरु बाँकी छन् । ती छाला हटाउनको लागि कमसेकम २ पटक सर्जरी गर्नुपर्ने डाक्टरहरुले बताएका छन् ।

आर्याले २०१६ बाट तौल घटाउन सुरु गरेका थिए । ट्रेनर अदेका अनुसार सुरुमा उनले आर्याको दिनचर्याको बारेमा सोधपुछ गरे र सन्तुलित आहाराबाट उनको तौल घटाउन प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्