सीएएप्रति चिन्ता



लन्डन, (एजेन्सी)

बेलायत सरकारले भारतको संशोधित नागरिकता कानुन (सीएए)को सम्भावित प्रभावलाई लिएर पुनः एक पटक आफ्नो चिन्ता दोहो¥याएको छ। भारतका घटनाहरुको नजिकबाट निगरानी भइरहेको सरकारले जनाएको छ।

हाउस अफ कमन्समा भारतमा हालै भएका हिंसालाई लिएर विपक्षी लेबर पार्टीका पाकिस्तानी मूलका सांसद खालिद महमुदकातर्फ सारिएको प्रश्नको जवाफमा बेलायतका विदेशमन्त्री तथा राष्ट्रमण्डल कार्यालयका राज्यमन्त्री निजेल एडम्सले बेलायत मानवअधिकारसहित सबै स्तरमा भारतसँग वार्ता भइरहेको जानकारी दिए। बेलायत सरकार सीएएको सम्भावित प्रभावलाई लिएर पनि चिन्तित भएको एडम्सले बताए।

 

प्रतिक्रिया दिनुहोस्