दुई विमान खसालिए



बेरुत, (एजेन्सी)

टर्की र सिरियाबीच तनाव बढ्दै गइरहेको बेला टर्कीका लडाकू जेटले उत्तर पश्चिम इदलिब प्रान्तमा सिरियाली लडाकू विमानलाई खसालेको सिरियन अब्जरर्भेटरी फर ह्युमन राइट्स वार मनिटरले जनाएको छ।

गत आइतबार पनि टर्कीले सिरियाका दुई विमान खसालेको थियो। टर्कीले सिरियाको हवाई सुरक्षा प्रणाली र १ सयभन्दा धेरै ट्यांक ध्वस्त पारेको दाबी पनि गरेको छ। हालै इदलिबमा आफ्ना सेनामाथि भएको रुस समर्थित सैन्य हमलाको जवाफमा उक्त कारबाही गरेको टर्कीले जनाएको छ। सिरियाको राज्य समाचार एजेन्सी सानाले आफ्नो एल–३९ जेट खसालिएको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्