दोलखा केन्द्रबिन्दु बनाएर ४.३ म्याग्‍निच्युडको भूकम्प



न्युज अफ नेपाल,काठमाडौँ।

दोलखालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्‍निच्‍युडको भूकम्प गएको छ । बुधबार साँझ ७ः१७ मिनेटमा दोलखाको सिंगाटीलाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि पनि बाजुरा र हुम्लाको सिमानामा ४.३ म्याग्‍निच्युडको भूकम्प गएको थियो । विस २०७२ को महाभूकम्पपछि सना(ठूला पराकम्पहरु जानेक्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्