बारामा सशस्त्र प्रहरीको एकैपटक तीन स्थानमा कोरोना भाइरसको हेल्प डेस्क



न्युज अफ नेपाल,बारा ।

सशस्त्र प्रहरी बल, नेपाल बारा गणको संयोजनमा जिल्लाको तिन स्थानमा आजैबाट नोबल कोरोना भाइरस सम्बन्धी हेल्प डेस्क स्थापना गरीएको छ । जिल्लामा मित्रराष्ट्र भारत बाट आवागमन बढी हुने तिन स्थानको पहिचान गरी हेल्प डेस्क स्थापना गरिएको हो । कलैया उपमहानगर पालिका वडा नं. १० स्थित मटिअर्वा, सिम्रौनगढ न.पा. ६ स्थित सतुही र सुवर्ण गाउपालिका वडा नं.३ स्थित सन्तगंज कबहिगोठमा एकैपटक स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क स्थापना गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुवेदीले बताउनु भयो ।

बारा जिल्लाको प्रमुख नाका मटिअर्वा स्थित सशस्त्र प्रहरी बल, नेपाल बि।ओ।पि। मटिअर्वाले आयोजना गरेको हेल्प डेस्कको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले गर्नुभयो । सो कार्यक्रममा प्रमुख अतिथी पोखरेलले कोरोना भाइरस सम्बन्धी चेतना एक व्यक्तीमा मात्र भएर नहुने यसको चेतना घर, समुदाय हुदै जिल्ला भर हुन पर्ने बताउनु भयो ।

मानिसहरुको धेरै जमघट हुने गरी कुनै कार्यक्रम् नगर्न समेत पोखरेलले निर्देशन दिनु भयो । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराका गणपति दिग बिजय सुवेदी स्वास्थ्य चेतना संचालन अन्तरगत भएको यो कार्यक्रम जिल्लाको तिन स्थानमा आजै बाट सुरु भएको हुनाले यसबाट बढी भन्दा बढी फाइदा उठाउन अनुरोध गर्नु भयो । ।

सो कार्यक्रममा जिल्ला प्रहरी प्रमुख कृष्ण पंगेनी, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख, जनप्रतिनिधीहरु तथा कलैया अस्पतालको डा. अन्जली चौरसिया लगायतको उपस्थिति भएको थियो । डा. चौरसियाले कोरोना भाइरस सम्बन्धी लक्षण, रोकथामको उपायहरुको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

सुवर्ण गाउपालिकाको सतगंज गाउपालिकाका कार्यकारी अधिकृत तथा बिओपि कबहिगोठ प्रमुख सशस्त्र प्रहरी निरीक्षक युकेश उप्रेती र सिम्रौनगढमा जनप्रतिनिधी तथा बिओपि। प्रमुख कविर मल्लले कार्यक्रमको प्रभावकारी थालनी गर्नु भएको थियो ।

जिल्लामा यसरी पहिलो पटक कोरोना भाइरस सम्बन्धी सचेतना मुलक हेल्प डेस्क स्थापना गरी सशस्त्र प्रहरी बलले गरेको अग्रसरताको प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले सराहना गर्नु भयो । सचेतना बढाउन सशस्त्र प्रहरी बल, नेपालले माक्स, सचेतना मूलक पम्पलेट वितरण गरिएको र सो कार्यक्रम आगामी तिन दिन सम्म संचालन गरिने कुरा सशस्त्र प्रहरी उपरिक्षक सुवेदीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्