प्युठानमा आगलागीबाट लाखौँको नोक्सानी



सलिम अन्सारी,प्युठान ।

 प्युठानको सरुमारानी गाउपालिका वडा नं. १ मिया टोलस्थित दुइ घर र एक गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । बुधबार दिउँसो भएको आगलागीबाट खरले छाएको स्थानीय खबिरन मियाको घरगोठ र मन्सुर आलमको घर पुर्णरुपमा जलेर नष्ट भएको प्रहरी चौकी ढुङ्गेगढी दर्भानका प्रहरी सहायक निरिक्षक खेमराज बुढाथोकीले जानकारी दिनुभयो।

आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट भएका छन्।उहाका अनुसार बिद्युतको तार सर्ट भई घरमा आगलागी भएको हो।आगलागीबाट २२ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

स्थानीय,नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी बांगेसाल उपशाखा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको हो। “म सहितको प्रहरी टोली आगलागी नियन्त्रणका लागि पुगेका थियौं ।”उहाले भन्नुभयो,”सिरक र डसना बाहेक अरु केहि जोगाउन सकिएन।”बिपन्न परिवारका उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन्।

त्यस्तै,आगलागी भएको खबर पाएपछि घरमै पुगेर तत्काल राहत वितरण गरिएको छ। गाउँपालिकाले प्रति घर परिवार २० हजारका दरले राहत प्रदान गरेको गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्माले जानकारी दिनुभयो। गाउँपालिकाले दिर्घरोगी र विभिन्न प्रकोपमा परेका पीडितहरुलाई कोष नै बनाएर राहत प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्