नबिल बैंक हेटौंडामा भेटियो नक्कली नोट



रोशन पराजुली,हेटौंडा ।

हेटौंडामा एक हजार दरको नक्कली नोट भेटिएको छ । बुधबार हेटौंडा–३ का जनार्दन नेपालले राष्ट्रिय सहकारी बैंकबाट निकालेको ८ लाख ९९ हजारमध्ये एउटा बिटोबाट एउटा नक्कली नोट भेटिएको हो ।
बण्डलको बीचमा नक्कली नोट फेला परेको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक भण्डारीका अनुसार नेपालले नबिल बैंक हेटौंडा शाखामा पैसा राख्ने क्रममा कर्मचारीले नक्कली नोट भेटेका थिए । बैंकले तत्काल प्रहरीलाई खबर गरेपछि नेपाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुर लगेकोे थियो ।

प्रहरीले सोधपुछपछि र नबिल बैंकले राष्ट्र बैंकलाई यसबारे रिपोर्टिङ गर्ने भनेपश्चात् नेपाललाई छाडिएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । उक्त नोटको बण्डलमा नक्कली नोट कहाँबाट आयो भन्ने नेपालमात्र होइन, बैंकसमेत अन्यौलमा छ । यसबारे प्रहरी र बैंक दुवैले अनुसन्धान जारी राख्ने प्रनि भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्