कोरोनाको त्रासकाबीच बुटवलमा घरेलु साना तथा औद्योगिक महोत्सव शुरु



न्युज अफ नेपाल,बुटवल ।

विश्वभर यतीबेला कोरोना भाईरस (कोभिड १९)को संक्रमणको त्रास चलिरहेका बेला बुटवलमा भने प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवम् पर्यटक महोत्सव शुरु भएको छ । सरकारले नै सार्वजनिक सभा समारोह, भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेरहेका बेला बुटवलमा भने औद्योगिक महोत्सव सञ्चालन गरिएको छ ।

आजदेखि नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा पर्यटन महोत्सव शुरु भएको हो ।लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादित कृषि तथा महिला उद्यमशीलताका वस्तु तथा सेवाहरुलाई प्रदर्शनीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्