पाल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते



अनिल खत्री, गुल्मी ।

पाल्पामा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन ।

बुटवलदेखि शान्तिपुर जाँदै गरेको लु १ ज १४२८ नम्बरको जिप तानसेन रीडी सडकखण्डको अर्गली नजिकै कमलपोखरीमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि सल्यान सुखौरा तिते की ५५ वर्षीय महिला धनकली सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाईतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । जिपमा १० जना यात्रु सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्