दैलेखको जंगलमा २९ वर्षीय युवकको शव भेटियो



न्युज अफ नेपाल, दैलेख ।

दैलेखको नारायण नगरपालिका १ चिहानडाँडा नजिकैको जंगलमा मृत अवस्थामा एक युवकको शव भेटिएको छ ।

मृत्यु हुनेमा भैरबी गाउँपालिका १ रावतकोटका २९ वर्षीय लक्ष्मी योगी रहेको प्रहरीले जनाएको छ । जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत भेटिएका योगी मजदुरीका लागि भारत गएका थिए । एक हप्ता अघि परिवारलाई आफू फर्कदै गरेको जानकारी गराएका योगीको शव फेला परेको हो । योगीको शव पोष्टमार्टमका लागि दैलेख अस्पताल पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्